आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन ३ का स्वतन्त्र उम्मेदवार उपाध्यायद्वारा मतदातासंग करारनामा, वाचा पुरा नगरे कारावास

  • A
  • A+
  • A++

चितवन । प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार नन्दराज उपाध्यायले मतदाताहरुसंग करारनामा (तमसुक) गरी प्रतिज्ञा-पत्र सार्वजनिक गर्नुभएको छ ।

विज्ञापन १

जुम्लाका स्थायी बासिन्दा तथा लोकतन्त्र अभियानकर्मी समेत रहनुभएका उपाध्यायले चुनाब जितेपश्चात नागरिकसंग गरेको बाचा पुरा नभए चितवन जिल्ला अदालत, उच्च अदालत ललितपुर र सर्बोच्च अदालत काठमाडौंमा मुद्धा दायर गरी आजीवन काराबास सजाय गराउन सक्नेगरी नागरिकसंग करारनामा गर्नुभएको हो ।

विज्ञापन २

चुनाबी जितपश्चात बाचा पुरा नगरे कारवाही भोग्न तयार हुनेगरी कानुनी लिखत वा तमसुक गर्ने आफू पहिलो उम्मेदवार रहेको उहाँले बताउनुभयो ।

विज्ञापन ३

प्रारम्भिक चुनाब, नो भोट (म कसैलाई भोट दिन्नँ भन्ने अधिकार), सुधारिएको निर्वाचन प्रणाली, प्रत्याह्वान (फिर्ता बोलाउन पाउने अधिकार) र प्रवासमा रहेकाहरु नेपाली नागरिकहरुलाई मतदानको अधिकारको एजेण्डा सहित आफ्नो उम्मेदवारी रहेको उपाध्यायको भनाई छ ।

तपाईको प्रतिक्रिया