मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

ठोरीका सबै सामुदायिक विद्यालयमा शिशुदेखि उच्च मा.वि.सम्मको पढाई पूर्णतः निशुल्क

  • A
  • A+
  • A++

चितवन । माडीसंग सीमा जोडिएको पर्सा ठोरी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा शिशु कक्षा देखि उच्च माध्यामिक तहसम्मको पढाई पूर्णतः निशुल्क गरेको छ ।

विज्ञापन १

गत साउनदेखि लागु हुनेगरी पूर्णतः निशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको ठोरी गाउँपालिकाले जनाएको हो । पूर्णतः निशुल्क शिक्षा कार्यान्वयन गर्ने ठोरी मधेश प्रदेशको पहिलो पालिका बनेको छ ।

विज्ञापन २

बिद्यालयले निजी स्रोतबाट कर्मचारी र शिक्षक भर्ना गर्नुपर्ने भएकोले खर्च जुटाउन विभिन्न शिर्षकमा सामुदायिक बिद्यालयहरुले अभिभावकसँग रकम लिने गर्दै आएकोमा यस बर्ष देखि गाउँपालिकाले नै सम्पूणर् खर्च व्यर्होने भएको हो ।

विज्ञापन ३

ठोरी गाउँपालिका भित्र आधारभूत र माध्यामिक गरी २१ वटा सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयको भौतिक सुधार तथा अन्य खर्चका लागि गाउँपालिकाको गाउँ परिषदले ४८ लाख रुपियाँ छुट्याएको गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ*ले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया