चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य यमबहादुर परियार ‘इन्द्रजित’ले चितवन छाडेर प्रचण्ड गोरखा जानु भनेकै एमालेको जित सुनिश्चित भएको हुनु बताउनुभएको छ ।
शनिबार माडीको बसन्तपुरमा अखिल नेपाल महिला संघ माडीले आयोजना गरेको तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै परियारले यस्तो बताउनुभएको हो ।
त्यस्तै, नेकपा एमालेले समर्थन गरेका चितवन क्षेत्र नं.३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले प्रचण्डको परिवारवाद र सधैं झोला बोक्न नसकिने भएकै कारण नेपाली काँग्रेसमा बिद्रोह गरेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू बिजयी भए निकुञ्जको समस्या समाधान गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, पार्टीका बागमती प्रदेश कमिटी सदस्य, महिला संघका केन्द्रिय सदस्य एवं चितवन क्षेत्र नं. ३ (ख) का प्रदेशसभा उम्मेदवार सरस्वती बिष्ट लगायतका नेता एवं अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको एमालेका माडी नगर सचिव श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।