चितवन । नेकपा एमालेबाट चितवन क्षेत्र ३ प्रदेश (ख)का उम्मेदवार सरस्वती बिष्टले चुनाबी योजनाहरु सहित निर्वाचन क्षेत्रका मतदाताहरुसित भेटघाट बढाउनुभएको छ ।
विज्ञापन १
माडीका महिला नेतृ समेत रहनुभएका बिष्टले विशेषतः रिउ र राप्ती करिडोर, भूमिहीन सुकुम्बासीहरुको लागि रोजगारसहितको स्थायी बसोबासको व्यवस्था, चितवन राष्टिय निकुञ्जमा पक्की सडक निर्माण, कृषिमा आत्मनिर्भरको व्यवस्था, शिक्षा, स्वास्थ्यमा स्तरोन्नति, ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका स्थलहरुको संरक्षण र सम्बर्द्धन लगायतका योजना अगाडि सार्नुभएको छ ।
विज्ञापन २
सोही योजनाहरु सहित बिष्टले माडीसंगै चितवन ३(ख)का मतदाताहरुसंग भेट गरिरहनुभएको उहाँको सचिवालयले जनाएको हो । मतदाताहरुसंग भेटका क्रममा उहाँले जनताका समस्याहरु बुझेर जनभावना अनुसारनै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको जनाइएको छ ।
विज्ञापन ३