अपराध खबर पोष्ट

मध्यराती माडीको घोसरी गाउँमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु (ब्रेकिङ)

चितवन । माडीको घोसरी गाउँमा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ ।

माडी नगरपालिका-४, घोसरी गाउँ निवासी अन्दाजी बर्ष ३३ का जीवन नेपालीको कुखुरी प्रहारबाट मृत्यु भएको हो । घरमा एक्लै रहेका समयमा गएराती उहाँमाथि खुकुरी प्रहार भएको थियो ।

अत्यधिक रक्तश्राव भएको र भुईंमा घोप्टिएको अवस्थामा उहाँको शव भेटिएको हो । शवको छेउमा रगत लतपतिएको अवस्थामा खुकुरी भेटिएको छ ।

घटनास्थलमा राती नै माडी प्रहरी पुगेको छ भने स्थानीयबासीहरु जम्मा भएका छन् । घटनाको अनुसनधान सुरु भएको माडी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार