चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संबिधान मास्न चाहने पक्षबिरुद्ध राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
माडीको बगहींमा सम्पन्न लोकतान्त्रिक-बाम गठबन्धनका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समृद्धिका लागि गठबन्धन बनेको बताउनुभएको हो ।
त्यस्तै, नेकपा एकिकृत समाजवादीका प्रदेश नेता नारदमणि पौडेलले गठबन्धनको जित सुनिश्चित रहेको बताउँदै आफूहरुसंग विकास, समृद्धि र स्थायित्वको स्पष्ट योजना रहेको जिकिर गर्नुभयो ।
प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सुर्य सुवेदी (पथिक), नारायण दाहाल, नेपाली कांग्रेस क्षेत्रीय सभापति लालबहादुर दवाडी, माडी नगर सभापति कोमलनाथ भुषाल, नेकपा माओवादी केन्द्र माडी नगर अध्यक्ष प्रभु महतो लगायत उल्लेख्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।