चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले चुनाब जितेपछि डा. भोजराज अधिकारी स्वास्थ्य मन्त्री बन्न सक्ने बताउनुभएको छ ।
पाँचदलीय गठबन्धनको आयोजनामा माडीको बगहीँमा आयोजित चुनाबी कोणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै दाहालले निर्वाचनपछि सो गठबन्धनकै सरकार बन्ने दाबी गर्दै डा. अधिकारी स्वास्थ्यमन्त्री बन्न सक्ने बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसको क्षेत्रीय सभापति लाल बहादुर दवाडीले चितवन ३ बाट चुनाबमा उठेका अन्य उम्मेदवारहरु दलीय हिसाबले कम प्रभावशाली वा स्वतन्त्र रहेकाले उनीहरुले जित्दा विकासको कडी समाउनै गाह्रो पर्ने जिकिर गर्नुभयो ।
गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार डा. अधिकारी र प्रदेश ३(ख) का उम्मेदवार ठाकुर प्रसाद ढकालले गठबन्धनलाई मतदान गर्न आग्रह गर्दै पछिल्लो ४ दिनदेखि माडीमा घरदैलो अभियान चलाउनुभएको हो ।