आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

‘आफू चितवनकै भएपनि बाध्यताले गोरखा गएँ’: प्रचण्ड, चितवनका विकास पूरा गर्ने प्रतिवद्धता

  • A
  • A+
  • A++

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवनकै भएपनि बाध्यताले चुनाब लड्न गोरखा गएको बताउनुभएको छ ।

विज्ञापन १

पाँचदलीय गठबन्धनले शनिवार भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव लड्न गोरखा गएपनि चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

विज्ञापन २

गोरखा जानुपर्ने बाध्यता बुझिदिन चितवनबासीलाई आग्रह गर्दै प्रचण्डले सत्तारुढ गठबन्धनमा रहेका दलका कार्यकर्तालाई कसैको बहकाउ र भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । चितवन-३ मा डा. भोजराज अधिकारीलाई राम्रो उत्तराधिकारीका रुपमा पाएकामा आफू खुशी रहेको उहाँको भनाई थियो ।

विज्ञापन ३

डा. अधिकारीलाई सामाजिक सेवामा पहिचान बनाइसकेको, कसैको आँखामा हालेपनि नबिझाउने खालको, निकै नजिकबाट दुखकष्ट देखेर आएको मान्छेका रुपमा चिनाउँदै प्रचण्डले आफूलाई आत्मसन्तुष्टि भएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया