चितवन । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनको एक मतदान केन्द्रमा आगजनी गर्दा मतदान रोकिएको छ ।
पूर्वी चितवनको राप्ती-८, ब्रह्मस्थान मतदान केन्द्रमा नेकपा सम्बद्ध नेता कार्यकर्ताहरुले मतदान केन्द्र र मतपेटिकामा आगजनी गरेका हुन् ।
निर्वाचन खारेजी गर्ने भन्दै चुनाब बिरोधी गतिबिधी सञ्चालन गर्दै आएको सो समूहले मतदान केन्द्र र मतपेटिकामा आगजनी गरेको टेलिफोन मार्फत स्वदेशलाई जानकारी दिएको हो ।
रोकिएको मतदान केहि समयमै सुचारु गराउन आफूहरु त्यसतर्फ लागेको राप्ती नगरपालिकाका नगरप्रमुख शमसेर लामाले स्वदेशलाई जनाउनुभयो ।
नेकपाका केन्द्रीय पोलिटब्यरो सदस्य सन्देश पौडेल, जनस्वास्थ्य महासंघका केन्द्रीय महासचिव प्रकाश चन्द, केन्द्रीय सदस्य उत्सव, जिल्ला सेक्रेटरी रुद्र, राप्ती नगर इन्चार्ज भीम बहादुर तामाङ लगायत स्थानीय नेता कार्यकर्ताहरुले आगजनी गरेको बुझिएको छ । (फाइल फोटो)