आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन क्षेत्र नं. ३ को समानुपातिक मतगणनामा रा.स्व.पा. पहिलो, मुख्य दलहरू पछाडि

  • A
  • A+
  • A++

चितवन । चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य रा.प्र.पा.ले जितेपनि संघीय समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ ।

विज्ञापन १

यस क्षेत्रमा ९४ हजार २८० मत गणना हुँदा रा.स्व.पा.ले २८ हजार ४०१ मत प्राप्त गरेको हो भने दोश्रो स्थानमा रहेको रा.प्र.पा.ले १६ हजार ७५५ मत प्राप्त गरेको छ । राप्रपाबाट बिक्रम पाण्डे ३५०५५ मत पाइ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

विज्ञापन २

त्यस्तै तेश्रो स्थानमा नेकपा (माओवादी केन्द्र)ले १६ हजार ८९, चौथो स्थानमा नेकपा एमालेले १४ हजार ५२२ र पाँचौ स्थानमा नेपाली कांग्रेसले १० हजार ५२१ पाएको छ ।

विज्ञापन ३

संघीय चुनाबमा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २५८२२, रा.स्व.पा.का जिता बरालले १४८४२ र एमालेको समर्थन पाउनुभएका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२२७५ मत पाउनुभएको थियो ।

चितवन क्षेत्र नं. ३ लाई नेकपा एमाले र नेपाली काँग्रेसको प्रभाव क्षेत्रका रुपमा लिइने गरिएपनि गत निर्वाचनले दुबै दलको मत घटेको देखाउँछ । नेकपा माओवादी केन्द्रले अघिल्लो निर्वाचनको तुलनामा मत बढाएको देखिन्छ भने एकीकृत समाजवादीले १ हजार ८५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया