चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नं. ३(ख)का प्रदेश सभापति शोभाखर चापागाईंले निर्वाचनमा काँग्रेस एक्लै लडेको भए फाइदा भएको हुने जिकिर गर्नुभएको छ ।
स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै चापागाईंले काँग्रेसले देशैभर सोचेभन्दा कम भोट पाएको र स्वतन्त्रको हावाहुरीले असर गरेको बताउनुभएको हो ।
चितवन क्षेत्र नं. ३ र भरतपुर महानगरमा आफ्नै चुनाब चिन्हमा मत हाल्न नपाउँदा काँग्रेस कार्यकर्ताहरु रुष्ट रहेको र दिमाग खल्बलिएको कारण पुरै मत नआएको भन्दै उहाँले गठबन्धनबाट काँग्रेसलाई खासै फाइदा नपुगेको बताउनुभएको हो ।
यद्यपि संघ र प्रदेशमा पनि गठबन्धनकै सरकार बन्ने सम्भावना देखिएको उहाँको भनाई छ । यहाँ गत निर्वाचनमा सत्ता गठबन्धनबाट चितवन ३(ख)को चुनाबी परिचालन संयोजक रहनुभएको थियो ।