चितवन । माडी नगरपालिका महिला तथा बालबालिका शाखाले बिपन्न बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण थालेको छ ।
शाखाको चालू आ.व.को ज्येष्ठ नागरिक न्यानो कपडा कार्यक्रममा विनियोजित ४ लाख रुपैंया बजेटबाट नगरका सबै वडाहरूमा प्रतिवडा २४ जना बिपन्न बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण सुरु भएको नगर महिला तथा बालबालिका समितिका संयोजक एवं माडी ७ का वडाध्यक्ष चन्द्रकुमारी बानियाँले जानकारी दिनुभयो ।
सो कार्यक्रम अन्तरगत बुधबार माडी ७ का केहि बृद्धबृद्धाहरुलाई वडा कार्यालयमै वितरण भएको र बाँकी अन्यलाई घरघरमै पुगी वितरण हुने वडाध्यक्ष बानियाँले बताउनुभयो । बृद्धबृद्धाको सुची पठाएका सबै वडाहरुमा न्यानो कपडा पुर्याइसकिएको शाखा प्रमुख उषा आचार्यले जनाउनुभयो ।