चितवन । सरलीकृत नेपाली रामायणका लेखक यज्ञराज ज्ञवालीले माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा अयोध्याधामले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ ।
अयोध्याधाम ब्यवस्थापन समिति, माडीले बिहिवार प्रस्तावित अयोध्याधाम क्षेत्रमा आयोजना गरेको र माडीका नगरप्रमुख ताराकुमारी काजी महतो समेतको सहभागिता रहेको छलफल कार्यक्रममा सहभागी हुँदै लेखक ज्ञवालीले यस्तो बताउनुभएको हो ।
अयोध्यापुरीको अनुसन्धानमा आधारित सो पुस्तकबारे चर्चा गर्ने क्रममा लेखक ज्ञवालीले बाल्मीकि रामायणका आधारमा राम जन्मभूमि माडीमै रहेको पुष्टी हुने जिकिर गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि चितवन माडीको अयोध्यापुरीमा पर्ने बताउनुभएपछि आफूले यसबारेमा अध्ययन गरेर पुस्तक निकालेको ज्ञवालीको भनाई थियो ।