मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

रोटरी क्लब अफ नारायणगढले खानेपानी परियोजना निर्माण पुरा गरी समुदायलाई हस्तान्तरण

  • A
  • A+
  • A++

चितवन । रोटरी क्लब अफ नारायणगढले माडी-४, अमरौलीमा मध्यमस्तरको खानेपानी परियोजना निर्माण पुरा गरी समुदायलाई हस्तान्तरण गरेको छ ।

विज्ञापन १

संयुक्त अधिराज्य (बेलायत)को लण्डनस्थित चारवटा रोटरी क्लबको सहयोगमा नारायणगढ रोटरीले अमरौली बिरञ्ची खानेपानी तथा सरसफाई योजना निर्माण पुरा गरेको हो ।

विज्ञापन २

चारवटा बेलायती रोटरी क्लबहरुबाट प्राप्त ९६ लाख रूपैंयामा नारायणगढ रोटरीबाट ५ लाख रुपैंया लागत सहभागिता थप गरी कूल १ करोड १ लाख रुपैंयामा सो खानेपानी परियोजना निर्माण भएको हो ।

विज्ञापन ३

परियोजना निर्माणका लागि माडी नगरपालिकाले सहयोग र वाइन टु वाटर नेपालले सहजिकरण गरेका छन् । ८ महिनाको अवधीमै निर्माण पुरा भएको सो परियोजनाबाट माडी-४, अमरौली र बिरञ्ची गाउँका १७३ घरधुरी लाभान्वित हुनेछन् ।

पूर्ण सौर्य उर्जा प्रणालीबाट सञ्चालित हुने खानेपानी योजनामा फिल्टर प्रविधि जडान रहेको छ । यसबाट उपभोक्ताको घरघरमा शुद्ध मिनरल वाटर (पानी) पुग्ने रोटरी क्लब अफ नारायणगढका सेवा परियोजना निर्देशक ईं. गुणेश्वर चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया