मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले ‘हाम्रो मन्दिर, राम्रो मन्दिर’ अभियान सुरु

  • A
  • A+
  • A++

चितवन । माडी-७, देबेन्द्रपुरस्थित शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले हाम्रो मन्दिर, राम्रो मन्दिर अभियान सुरु भएको छ ।

विज्ञापन १

माडीको एक प्रमुख धार्मिक एवं पर्यटकिय क्षेत्र रहेको शनि मन्दिरको निर्माणाधीन भवनमा कलात्मक बुट्टा सहितको काष्ठ झ्याल ढोका राख्न सो अभियान सुरु गरिएको मन्दिरका संरक्षक समेत रहनुभएका युवा पण्डित सुदर्शन सुबेदीले बताउनुभयो ।

विज्ञापन २

अभियान अन्तरगत पाँचौं दिनसम्म २ लाख १५ हजार रुपैयाँ सहयोग संकलन भइसकेको पण्डित सुवेदीले जानकारी दिनु भयो ।

विज्ञापन ३

सो कार्यका लागि १५ लाख १२ हजार रुपैंया आवश्यक पर्ने मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम पण्डितको भनाई छ । सो अभियानमा ५ हजार रुपैंयाभन्दा माथिको सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा राखिने उहाँले जनाउनुभयो ।

(सहयोगदाताले दक्षिण सोमेश्वर कालिका धार्मिक समितिको नाममा रहेको कृषि बिकास बैंकको खाता नम्बर 0508801202883018 मा सहयोग गर्न सक्ने मन्दिर व्यवस्थापनले जनाएको छ ।)

तपाईको प्रतिक्रिया