मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी-७ वडा कार्यालयले फिस पार्क निर्माणको महात्वकांक्षी योजना समेटी बजेट माग

  • A
  • A+
  • A++

२०८० बैशाख २१ गते, चितवन । माडी-७ वडा कार्यालयले बृहत् मत्स्य विकास कार्यक्रम सहित फिस (माछा) पार्क निर्माणको महात्वकांक्षी योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ ।

विज्ञापन १

वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी आर्थिक बर्ष २०८०/८१ का लागि माग भएका योजनाहरुमा १८ करोड बजेटको सो योजना समेटिएको हो ।

विज्ञापन २

त्यसैगरी, रेवा त्रिवेणी धाम निर्माणका लागि ३ करोड, शनि मन्दिर निर्माणका लागि २ करोड, बुल्बुले पार्क निर्माणका लागि २ करोड, कृषि तथा पशुसेवा केन्द्र भवन निर्माणका लागि १ करोड ५० लाख र देवीकोट बहुउद्देश्यीय सामुदायिक भवन पूर्वाधार विकासका लागि ५० लाख रुपैंया बजेट माग रहेको छ ।

विज्ञापन ३

त्यस्तै, पतरे खोलामा दुई स्थानमा पुलका लागि ३ करोड, शनि मन्दिरदेखि त्रिवेणीधाम गौरीनगर हुँदै गोपालनगरसम्म नालासहित सडक कालोपत्रेका लागि १५ करोड, कीर्तनपुरदेखि देबेन्द्रपुरसम्म दोहोरो नालाका लागि ३ करोड, बाउण्डरी नालाका लागि १ करोड र कीर्तनपुर शहीद रामचन्द्र सुवेदी मार्ग हुँदै गोपालनगरसम्म कालोपत्रे बाटोका लागि ३ करोड रुपैंया बजेट माग रहेको छ ।

तपाईको प्रतिक्रिया