२०८० बैशाख २१ गते, चितवन । माडी-३ वडा कार्यालयले बाढी र बन्यजन्तु प्रभावित सिमरा गाउँलाई थारु पर्यटन ग्राम निर्माणको विशेष योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ ।
वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी आर्थिक बर्ष २०८०/८१ का लागि माग भएका योजनाहरुमा सिमरा थारु पर्यटन ग्राम निर्माणका लागि ३ करोड माग रहेको हो ।
त्यसैगरी मलाही टोल हुँदै धोवाहा, रतनी र मस्जिदसम्म नाला सहितको पिच निर्माणका लागि ७ करोड, मस्जिद छेउ रौतनी खोलामा पुल निर्माणका लागि ४ करोड र मगुही खोलाबाट बैराठ इनारबरुवा हुँदै रौतनी खोलासम्म नालासहितको कालोपत्रका लागि ४ करोड रुपैंया बजेट माग रहेको छ ।
त्यस्तै, बसन्तपुर बजार सहित वडाका बाँकी स्थानमा नालासहितको कालोपत्रेका लागि १ करोड ५० लाख, ईनारबरुवा र बसन्तपुर आवास क्षेत्रमा नालासहितको कालोपत्रेका लागि १ करोड ५० लाख र बसन्तपुर हुलाकी सडकबाट आवास क्षेत्र हुँदै बलराम महतोको घरसम्म नालासहितको कालोपत्रेका लागि २ करोड माग रहेको छ ।