कृषि र कृषक पोष्ट

माडी-२ ले बृहत कृषि आधुनिकीकरण, गोदाम घर, चिस्यान केन्द्र तथा कृषि उद्योग निर्माणका लागि बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-२ वडा कार्यालयले बृहत कृषि आधुनिकीकरण तथा कृषि उपज भण्डार केन्द्र (गोदाम घर) चिस्यान केन्द्र तथा कृषि उद्योग निर्माण सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ ।

वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी आर्थिक बर्ष २०८०/८१ का लागि माग भएका योजनाहरुमा ३५ करोड बजेट रहेको कृषि सम्बन्धी सो महात्वकांक्षी योजना समेटिएको हो ।

त्यसैगरी, वडाभित्रका विभिन्न खोलामा डाईभर्सन तथा तटबन्धनका लागि २० करोड, नयाँपर्सा भ्यागुते खोला कल्भर्ट निर्माणका लागि ६० लाख र सितलपुर शहीद पार्क निर्माणका लागि २ करोड बजेट माग रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार