मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

कर्मचारी आन्दोलनका कारण पठनपाठन रोकिएसंगै माडी नगर शिक्षा शाखाद्वारा स्कुल बन्द नगर्न निर्देशन

  • A
  • A+
  • A++

माडी, चितवन । नेपाल बिद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण आइतबार माडीका सामुदायिक विद्यालयमा पठनपाठन रोकिएसंगै माडी नगरपालिका शिक्षा शाखाले स्कुलहरु बन्द नगर्न निर्देशन गरेको छ ।

विज्ञापन १

शाखाले आइतबार नै एक सुचना प्रकाशित गर्दै विद्यालय शान्ति क्षेत्र राष्ट्रिय कार्यढाँचा र कार्यान्वयन निर्देशिका-२०६८ को प्रावधान विपरित विद्यालयको पठनपाठन प्रभावित हुन नदिई नियमित रुपमा पठनपाठन सुचारु गराउने माडी नगरपालिकाको निणर्यलाई पूर्ण रुपमा कार्यान्वयन गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई सुचना गरेको हो ।

विज्ञापन २

पठनपाठनमा अवरोध सिर्जना भए शाखामा जानकारी दिन शाखाको अनुरोध छ । नेपाल बिद्यालय कर्मचारी परिषद्ले नेपालभरीका सामुदायिक विद्यालयमा कर्मचारीको दरबन्दी सहित उचित सेवा सुविधाको व्यवस्थाका लागि आइतबारदेखि देशैभरीका सामुदायिक विद्यालयहरुमा बन्द आह्वान गरेको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया