स्वदेशपोष्ट विशेष

माडी भैरवपुरका दुर्गा तिवारी गैर आवासीय नेपाली संघ, अमेरिकाको बोर्ड अफ डाइरेक्टरको उम्मेदवार

हाल अमेरिकामा बसोबास गर्नुहुने माडी भैरवपुरका दुर्गा तिवारी गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवार बन्नुभएको छ ।

२०२३-२५ कार्यकालका लागि यही जुलाई महिनाको अन्तिम साता निर्वाचन हुन लागेको एन.आर.एन.ए. अमेरिकाको महिलातर्फ बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएको तिवारीले जानकारी दिनुभयो ।

सन् २००८ देखि अमेरिकाको विश्कन्सीनमा व्यवसाय गरिआउनुभएका तिवारीले माडी क्षेत्रमा आपत् बिपदमा परेका सहयोगापेक्षीहरुलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ

पछिल्लो समय उहाँले कोभिड महामारीमा करीब ५० हजार, ब्लड क्यान्सर पीडित अनुष्का महतोलाई उपचार सहयोगस्वरुप २० हजार, रेवेश्वर शिव मन्दिरलाई १५ हजार र रामजानकी बालिका आश्रम देवघाटलाई २० हजार रुपैंया सहयोग गर्नुभएको थियो ।

हाल एन.आर.एन.ए. अमेरिका विन्सकन्सन च्याप्टरको महिला संयोजक रहनुभएका उहाँ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदका लागि मत माग्ने र चुनाब प्रचार प्रसारमा व्यस्त रहेको बताउनुभयो ।

एन.आर.एन.ए. राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा हाल माडीकै बुद्धिसागर सुवेदी पदासिन रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार