माडी (स्थानीय) खबर पोष्ट

माडीको सोमेश्वर मा.वि.का छात्राहरू लैंगिक हिंसा रोक्न सिकाउने आत्मरक्षा तालिममा सहभागी

माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरु लैंगिक हिंसा रोक्न सिकाउने आत्मरक्षा तालिममा सहभागी भएका छन् ।

शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाको सहयोगमा विद्यालयले माध्यमिक तहमा अध्ययनरत २१ जना किशोरी (छात्रा)हरुलाई सहभागी गराउँदै लैंगिक हिंसा रोकथाम सम्बन्धी आत्मरक्षा तालिम सञ्चालन सुरु गरेको हो ।

एक सातासम्म चल्ने सो तालिममा छात्राहरुले महिला हिंसाबाट बच्न, हिंसाको प्रकारबारे जानकारी पाउन र आफूमाथि आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा शारीरिक तथा सैद्धान्तिक तालिम पाउने विद्यालयका सहप्रधानाध्यापक युवराज लामिछानेले जानकारी दिनुभयो ।

तलिमका क्रममा लैंगिक हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि किशोरी छात्राहरूलाई प्रशिक्षण दिइने सह-प्रधानाध्यापक लामिछानेको भनाई थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार