चितवन । नेपाली काँग्रेस माडी नगर समितिले आफ्नै सुबिधासम्पन्न भवन निर्माण गर्ने भएको छ ।
काँग्रेस माडीले माडी-६, रामराज्यपुरस्थित कणर् बहादुर घर्ती स्मृति प्रतिष्ठानको भवन नजिकै कार्यालय भवन निर्माण गर्ने भएको हो ।
भवन निर्माणका लागि रामराज्यपुरकै बासिन्दा रहनुभएका काँग्रेस नेता तुलप्रसाद घर्तीले १ कठ्ठा जमीन प्रदान गर्नुभएको छ । त्यसैगरी माडी-९, गोबिन्दबस्ती (बगहीं) निवासी अर्का काँग्रेस नेता मायानाथ अधिकारीले १० धुर जमीन बराबरको आर्थिक सहयोग गर्नुभएको छ ।
यसबाहेक भवन निर्माणकै सहयोगार्थ काँग्रेस महासमिति सदस्य सबिता बरालले १ लाख १ हजार रुपैंया सहयोग गर्नुभएको काँग्रेस माडीका सभापति कोमलनाथ भुसालले जानकारी दिनुभयो । सबै पार्टी सदस्यहरुबाट सहयोग लिई आफ्नो कार्यकालमै भवन निर्माण पुरा गरिने उहाँको भनाई छ । (फाइल फोटो)
— — —
#स्वदेश न्युज डेस्क
२०८० भदाै ०६ गते बुधबार साँझ ०६:०७ मा अध्यावधिक