चितवन । माडी खैरहनी निवासी ८८ बर्षीया एक बृद्धाले ३७ बर्षअघि निधन हुनुभएकी आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
विज्ञापन १
माडी नगरपालिका-४ खैरहनीका स्थायी बासिन्दा (हाल भरतपुरमा रहनुभएका) नानीदेवी सापकोटाले आफ्नो ८८औं जन्मदिनको अवसर पारी ३७ वर्ष पहिले नै निधन हुनुभएकी दिवंगत आमा पर्वी भण्डारीको स्मृतिमा माडी-४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयमा २० हजार रुपैंयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।
विज्ञापन २
सापकोटाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास तिवारीलाई विहीबार अक्षयकोषको चेक हस्तान्तरण गर्नुभयो । अक्षयकोष संस्थापक सापकोटाका ५ जना छोरा (र बुहारी) र १ छोरीज्वाईंबाट ८ नाती, ६नातिनी बुहारी, ६ नातिनी, ४ नातिनी ज्वाईं, ६ पनाती एवं ७ पनातिनी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
विज्ञापन ३