बिहिबार, पुष ११, २०८१
बिहिबार, पुष ११, २०८१

माडी (स्थानीय) खबर पोष्ट

चर्चित हाँस्य कलाकार एवं लोकदोहोरी गायक भूपराज पाठकमा ब्लड क्यान्सर रोग पुष्टी

  • A
  • A+
  • A++

माडी, चितवन । माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक एवं चर्चित हाँस्य कलाकार तथा लोकदोहोरी गायक भूपराज पाठकमा ब्लड क्यान्सर रोग देखिएको छ ।

विज्ञापन १

माडी-४, सिम्रहनी, चितवन निवासी कलाकार एवं शिक्षक पाठकको हाल काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु भएको छ । दुई साताअघि लगातार ज्वरो आएसंगै स्वास्थ्य परीक्षण गराउनुभएका पाठकमा ब्लड क्यान्सर पुष्टी भएको हो ।

विज्ञापन २

नेत्रहीन युवा संघ चितवनका अध्यक्ष, नेपाल पत्रकार महासंघ चितवन जिल्ला कार्यसमिति सदस्य, नगर अपांग उत्थान समाज माडीका उपाध्यक्ष एवं सामुदायिक रेडियो माडीका सञ्चारकर्मी समेत रहनुभएका पाठक दक्षिण एसियामै पहिलोपटक ब्रेल लिपीमा समाचार पढ्ने पत्रकारका रुपमा समेत परिचित हुनुहुन्छ ।

विज्ञापन ३

यसअघि, पाठकका आमालाई पनि क्यान्सर देखिएको थियो । उहाँको भारत नयाँ दिल्लीमा उपचार भएको थियो । आमाको उपचार पूणर्रुपमा नसकिँदै कलाकार एवं शिक्षक पाठकमा समेत क्यान्सर रोग नै देखापरेसंगै पाठक परिवारमा अर्को बज्रपात परेको हो । पाठकको उपचारमा कम्तीमा ५० लाख रुपैंया खर्च लाग्ने अस्पतालले जनाएको छ ।

माडी र चितवनसंगै राष्ट्रकै गहनाका रुपमा रहनुभएका कलाकार पाठकमा ब्लड क्यान्सरजस्तो असाध्य र महंगो उपचार खर्च लाग्ने रोग देखिएसंगै उहाँको उपचारमा सहयोग गरिदिन पाठक परिवारले स्वदेश र प्रवासमा रहेका सबैमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया