बिहिबार, पुष ११, २०८१
बिहिबार, पुष ११, २०८१

चितवन खबर पोष्ट

ब्लड क्यान्सर पीडित कलाकार भूपराज पाठकको उपचार सहयोगार्थ सहयोग संकलन सुरु

  • A
  • A+
  • A++

माडी, चितवन । ब्लड क्यान्सर पीडित कलाकार भूपराज पाठकको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु भएको छ । स्वदेश र प्रवासका विभिन्न स्थानबाट सहयोगदाताहरुले स्वतःस्फूर्त आर्थिक सहयोग गर्न थालेका हुन् ।

विज्ञापन १

पाठकको उपचार सहयोगार्थ माडी नगरपालिका वडा नं. ४, अम्रौली सितलपुरस्थित राधाकृष्ण कृषक समुहले ५० हजार रुपैंया उपचार सहयोग प्रदान गरेको छ । त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं मुर्तीकला विभाग प्रमुख, माडी-४ सिधुवा निवासी दिनेश्वर महतोले १५ हजार रुपैंया सहयोग गर्नुभएको छ ।

विज्ञापन २

यसबाहेक, आँबुखैरेनीका कवि अनिल श्रेष्ठले १० हजार रुपैंया नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यसमिति सदस्य सोभा पुडासैनीले पनि १० हजार रुपैंया र माडी-३, बघौंडास्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक शिव (राजु) पाठकले समेत दश हजार रुपैंया बैंक ट्रान्सफरमार्फत सहयोग गर्नुभएको छ ।

विज्ञापन ३

आर्थिक रुपमा निम्नवर्गिय परिवारका कलाकार पाठकको महंगो उपचारमा सघाउन पाठक परिवारले सबैमा अनुरोध गरेको छ । पाठकको उपचार सहयोगार्थ चितवनका युवाहरुले स्वदेश र प्रवासमा भूपराज पाठक उपचार सहयोग अभियान सञ्चालन सुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया