स्टार स्पोर्टस् क्लबद्वारा माडी स्तरीय २४अाैं स्टार कप फुटबल आयोजित

351
SwadeshPost

नेपालीहरुको महान पर्व तीज तथा संस्थाको २२ औं बार्षिकोत्सवका अवसरमा स्टार स्पोर्टस् क्लब, बरुवाले स्टार कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको छ । प्रतियोगिताको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले भदौ १६ गते दिउँसो १२ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । स्टार स्पोर्टस क्लबले हरेक बर्ष तीजको अवसर पारी स्टार कप फुटबल सञ्चालन गर्दै आइरहेको छ ।

प्रतियोगितामा सहभागी हुने क्लबहरुले भदौ १२ गतेभित्र बसन्तपुरको कृषि विकास बैंक वा बरुवाको गर्दी बचत तथा ऋण सहकारी संस्थामा रहेको क्लबको खातामा टिम दर्ता शुल्क जम्मा गरी भौचर सहित टिम दर्ता गर्नुपर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार ७५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार ३७ हजार ५ सय ५५ रहेको छ भने प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर तथा प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित गरी पुरस्कृत गरिने छ । भदौको अन्तिम सातासम्म सञ्चालन हुने यो खेलबाट ‘माडी ११ टिम’ छनौट भई माडी नगरपालिकाको प्रतिनिधित्व हुनेगरी जिल्ला स्तरिय खेल खेल्न जाने व्यवस्थापन नगर खेलकुद बिकास समितिले गर्ने छ ।

प्रतियोगितालाई व्यवस्थित र व्यवसायिक बनाउन यसपटक खेल अवलोकनको प्रवेश शुल्क रु २० राखिएको छ । टिकटबाट गोलाप्रथामार्फत हरेक दिन १ जनालाई रु १२ सय बराबरको हाँस उपहार प्रदान गरिने छ भने टिकटबाट संकलित रकमको अक्षय कोष खडा गरी माडीभरका एक गरीब तथा उदीयमान खेलाडी छनौट गरी उहाँको उच्च शिक्षामा लगानी गरिने छ । प्रतियोगिताको सहयोगी संस्था माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समिति रहेको छ भने आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज तथा स्वदेशपोष्ट अनलाइन रहेको छ ।

SwadeshPost