१७ औं होलीकप फुटबल प्रतियोगिताको उपाधीका लागि बसन्तपुर युनाइटेड क्लब र गौरीशंकर युवा क्लब, गौरीनगर भिँड्ने भएका छन् । सोमबार सम्पन्न सेमीफाइनल चरणका दुई खेलहरु मध्ये पहिलो खेल जित्दै बसन्तपुर युनाइटेड तथा दोश्रो खेल जित्दै गौरीशंकरले फाइनल यात्रा सुनिश्चित गरेको हो ।
पहिलो खेलमा जनकल्याण तमु सुमाज ‘ए’ र बसन्तपुर युनाइटेड क्लब ‘ए’ भिँडेकोमा निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ७–६ गोलअन्तरसहित बसन्तपुर युनाइटेड विजयी भएको हो । खेलको म्यान अफ द म्यान बसन्तपुरका गोलकिपर रञ्जित अर्याल घोषित हुनुभयो । त्यसैगरी दोश्रो खेलमा नगरपालिका ४ को ‘बी’ टिम र गौरीशंकर युवा क्लबकै ‘ए’ टीम भिँडेकोमा ७–१ गोलअन्तरसहित गौरीशंकर विजयी भएको हो । खेलको म्यान अफ द म्याच गौरीशंकरका राजिव रानामगर घोषित हुनुभयो ।
प्रतियोगिता अन्तरगत चैत्र ६ गते दिउँसो १ बजे गौरीनगरको फुटबल चौरमा फाइलन खेल र समापन समारोह सञ्चालन हुनेछ । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार ५५ र दोश्रो पुरस्कार २५ हजा २५ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।