माडीका व्यवसायिक पशुपालक कृषकहरुलाई घाँस काट्ने आधुनिक मेसिन वितरित

304
SwadeshPost

माडी नगरपालिका पशुपंक्षी विभागले माडीका व्यवसायिक पशुपालक कृषकहरुलाई घाँस काट्ने आधुनिक मेसिन (ब्रस कटर विथ पेड्डी) वितरण गरेको छ ।

माडी नगरपालिका पशुपंक्षी विभागको ५० प्रतिशत लागत साझेदारीसहित कुल ४० हजारमा खरिद गरिएको सो आधुनिक घाँस काट्ने मेसिन माडीका विभिन्न वडाका १० जना व्यवसायिक कृषकहरुलाई वितरण गरिएको होे । माडी नगरपालिका पशुपंक्षी विभाग प्रमुख मोहनदत्त रानाभाटले एक कार्यक्रमबिच सो सामाग्रीहरु वितरण गर्नुभएकोे थियो ।

यसैबिच, माडी नगरपालिका वडा नं. ७, कीर्तनपुरमा चर्खाबाट ऊनको धागो कात्ने तालिम जारी रहेको छ । माडी नगरपालिका महिला समन्वय समितिको आयोजना जारी सो तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई बिष्णु क्षेत्री र बिष्णु कुँवरले प्रशिक्षण दिइरहनु भएको वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

SwadeshPost