अयोध्यापुरी क्षेत्रका पुरातात्वीक एवं ऐतिहासिक महत्वका बस्तुहरूकाे सुचना संकलन हुने

473
SwadeshPost

माडीको अयोध्यापुरी क्षेत्रमा रहेका पुरातात्वीक एवं ऐतिहासिक महत्वका बस्तु, सामान र सुचना संकलनका लागि जनस्तरबाट कार्यदल गठन भएको छ ।

साविका अयोध्यापुरी गा.वि.स.का पूर्व अध्यक्ष समेत रहनुभएका नेकपा नेता नारदमणी पौडेलको संयोजकत्वमा अयोध्यापुरी क्षेत्रकै सामाजिक अगुवाहरु जीत बहादुर शाही, महोदत्त काफ्ले, तिलु पुरी र मुक्ति न्यौपाने सम्मिलित सचिवालय गठन भएको हो । कार्यदलले अयोध्यापुरी क्षेत्रमा रहेका पुरातात्वीक बस्तु सम्बन्धी जानकारी संकलन गर्ने तथा पुरातत्व विभागसंग समन्वय गरी सो क्षेत्रको खोज, उत्खनन् र अनुसन्धानमा सघाउने जिम्मेवारी पाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीको अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेसंगै हाल यो बिषयमा चौतर्फी चर्चामा रहको छ । ठोरी क्षेत्र ३ दशक अघिसम्म माडीकै अंगका रुपमा चितवनमा रहेको थियो । माडीमा बाल्मीकि आश्रम, अयोध्यापुरी क्षेत्र र ठोरीमा सीता गुफा लगायतका प्राचीन संरचनाहरु बाल्मीकि रामायणसंग सम्बन्धित रहेको विश्वास गरिन्छ । त्यस्तै, अयोध्यापुरीको चौकीडाँडा गाउँमा खनजोत गर्दा हजारौं बर्ष पुराना भाँडाकुँडा, सिक्का र सामानहरु भेटिने गरेको छ ।

SwadeshPost