माडी (स्थानीय) खबर पोष्ट

मनमोहन बालग्राममा जन्मदिन, बार्षिकोत्सव वा अन्य अवसर पारी व्यक्तिगत सहयोग गरिंदै

माडी, चितवन — माडीको लक्ष्मीनिवासस्थित मनमोहन बालग्राममा जन्मदिन, बार्षिकोत्सव वा अन्य अवसर पारी व्यक्तिगत र संस्थागत सहयोग गर्ने क्रम बढेको छ । माडी–७ कृतनपुर निवासी अनिल सुवेदी र रञ्जिता भट्टराईले आफ्नो विवाह समारोहको अवसरमा

माडीको बुद्ध पार्कमा पूर्णकदको बुद्ध मुर्ती निर्माण कार्यको सुरुवात (भिडियो सहित)

चितवन, माडी — माडीको बैकुण्ठ क्षेत्रस्थित बुद्ध पार्कमा पूर्णकदको बुद्ध मुर्ती सहित बुद्ध स्तुपा निर्माण कार्यको औपचारिक सुरुवात भएको छ । जापानी नागरिक मिहो तान्वाराको विशेष पहल र सहयोगमा बुद्धको प्रतिमुर्ती राख्न लागिएको हो

माडीमा भित्री सडक कालोपत्रे गरिँदा ३३ के.भी. हाइटेन्सन लाइनको पोल बाटोको बिचमा

चितवन, माडी — माडीको बरुवा बजारस्थित भित्री सडक कालोपत्रे गरिँदा नेपाल विध्युत प्राधिकरणको ३३ के.भी. हाइटेन्सन लाइनको पोल बाटोको बिचमा परेको छ । बरुवा बजारस्थित थारु टोलबाट सोमेश्वर माध्यमिक विद्यालय निक्लने भित्री सडकमा हालै

माडीमा शनि जयन्ती मनाउन पं. सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन

माडी, चितवन — माडीको अग्रणी धार्मिकस्थल शनि मन्दिरमा शनि जयन्ती उत्सव मनाउन पण्डित सुदर्शन सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । सोमबार मन्दिर परिसरमा बसेको धाम समितिको बैठकबाट सुवेदीको संयोजकत्वमा

भक्तपुरे ‘टेलिया’ र ‘डाचिअप्पा’ ईंटाबाट सजिएसंगै माडीको शनि मन्दिर निकै आकर्षक

माडी, चितवन — माडीको देवेन्द्रपुरस्थित शनि धामस्थित शनि मन्दिर भक्तपुरे ‘टेलिया’ र ‘डाचिअप्पा’ ईंटाबाट सजिएसंगै निकै आकर्षक देखिएको छ । भक्तपुरबाटै ल्याइएको ईंटाको जडान समेत त्यहींका ज्यामी (डकर्मी)हरुबाट भएको हो । टिकाउ र सौन्दर्यात्मक

नेकपा (एकीकृत समाजवादी) माडी नगरले स्थानीय पालिकामा १५ बुँदे मागपत्र पेश (भिडियो सहित)

चितवन, माडी — नेकपा (एकीकृत समाजवादी) माडी नगर कमिटिले जनजीविका र विकास निर्माण सम्बन्धी १५ बुँदे माग सहित माडी नगरपालिका समक्ष ज्ञापनपत्र पेश गरेको छ । देशभरका ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाउने क्रममा सो

माडी नगरपालिकाद्वारा भान्सा र भोजभतेरमा प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध

चितवन, माडी — माडी नगरपालिकाले भान्सा र भोजभतेरमा प्रयोग हुने प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध लगाउने निर्णय गरेको छ । नगरपालिकाको ४३औं कार्यपालिका बैठकले ‘वातावरण प्रदूषण नियन्त्रणका सन्दर्भमा प्लाष्टिकजन्य भाँडो (किचन) सामग्री

माडी नगरपालिकाद्वारा सञ्चालित ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन केन्द्र दुई सिफ्‌टमा सञ्चालन हुने

चितवन, माडी — माडी नगरपालिकाद्वारा सञ्चालित ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन केन्द्र दुई सिफ्‌टमा सञ्चालन हुनेभएको छ । नगरको ४३औं कार्यपालिका बैठकले माडी-६, मजुवास्थित सो क्रसर प्लाण्टलाई दुई सिफ्‌टमा बहान ६ बजेदेखि बेलुका ८ बजेसम्म

माडी नगरपालिकाले विपन्न घरधुरी बीमा कार्यक्रमलाई निरन्तरता दिने, नयाँ लाभग्राही थप गर्ने

चितवन, माडी — माडी नगरपालिकाको कार्यपालिका बैठकले विगतमा विपन्न घरधुरी बीमा कार्यक्रम गरिएका घरधुरीहरूलाई यस वर्ष पनि सो बीमा कार्यक्रममा समावेश गराउने निर्णय गरेको छ । जंगली जनावरको आक्रमण, बाढी र आगलागी लगायतका विपद्हरुवाट