मुख्यमन्त्री पौडेलद्वारा माडीको अयोध्याधाममा राम मन्दिर निर्माण स्थलको स्थलगत अवलोकन

157
SwadeshPost

२२ चैत्र, चितवन । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अयोध्याधाम निर्माण स्थलको स्थलगत अवलोकन गर्नुभएको छ ।

बिहान करीब ९ बजे माडी प्रवेश गरेको मुख्यमन्त्री पौडेल र मन्त्री लामासहित प्रदेश साँसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी सहितको प्रदेश सरकारको उच्चस्तरीय टोलीले रामधाम निर्माणका लागि प्रस्तावित माडी-९ स्थित कृष्णनगर पार्कक्षेत्र र माडी-८ स्थित दक्षिण अयोध्यापुरीको अवलोकन गरेको हो । अवलोकनका क्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीमार्फत राजधानीमा तयार रहेको राम र सीताको मुर्ती ल्याउन र मन्दिर निर्माण गर्न प्रदेश सरकारको तर्फबाट बजेट व्यवस्था गरिने बताउनुभयो ।

त्यस्तै, टोलीले माडी-८, कान्तिपुरस्थित चक्लाबन्दीमा आधारित सामुहिक खेतीको समेत अवलोकन गरेको हो । भ्रमण टोलीमा माडीका नगरप्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु र स्थानीय सामाजिक राजनैतिक अगुवाहरुको समेत सहभागी रहेको थियो ।

SwadeshPost