वाई.सि.एल. नेपालको माडी नगर कमिटिले आउँदो बैशाख ५ गते माडीमा शक्ति प्रदर्शन गर्ने

235
SwadeshPost

२८ चैत, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन योङ्ग कम्युनिष्ट लीग नेपालको माडी नगर कमिटिले आउँदो बैशाख ५ गते माडीमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

वाई.सि.एल.ले गत चैत २१ गते सुरु गरेको वडा कमिटिहरुको गठन, पुनर्गठन र प्रशिक्षण कार्यक्रमको समापनको अवसर पारी बैशाख ५ गते शक्ति प्रदर्शनको तयारी गरेको हो । सो दिन बसन्तपुर बजारस्थित खुला चौरमा जनसभा, बसन्तपुर बजारमा मार्चपास, पिरामिड र कवाज प्रदर्शन हुने बुझिएको छ ।

वाई.सि.एल.को माडी नगर सम्मेलन नाम दिइएको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सो संगठनका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा लगायतका केन्द्रीय नेताहरुको सहभागिता रहने कार्यक्रम छ । कार्यक्रमको तयारीका लागि संगठन र पार्टीको संयुक्त बैठक बस्न लागेको वाई.सि.एल.का चितवन जिल्ला इन्चार्ज सन्तोष पनेरुले जनाउनुभयो ।

SwadeshPost