आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

प्रवास खबर पोष्ट

चक्रतीर्थधाम निर्माणमा सघाउन उमा/ज्योति रानाभाट दम्पत्तीबाट १ लाख १११ रुपैंया दान सहयोग

  • A
  • A+
  • A++

चितवन । माडी-४, खैरहनीमा स्थापित चक्रतीर्थधाम निर्माणमा सघाउन माडी-४ सितलपुर निवासी उमा/ज्योति रानाभाट दम्पत्तीले १ लाख १११ रुपैंया दान सहयोग गर्नुभएको छ ।

विज्ञापन १

हाल अमेरिकामा रहनुहुने रानाभाट दम्पत्तीले धामको थप विकासका लागि सो नगद सहयोग गर्नुभएको चक्रतीर्थधाम विकास समितिका अध्यक्ष भागिरथ बस्यालले बताउनुभयो ।

विज्ञापन २

शनिवार (भोलि) बिहान ११ बजे धाम परिसरमै एक कार्यक्रमबिच सो सहयोग रकम हस्तान्तरण हुने अध्यक्ष बस्यालले जनाउनुभयो । सोही सन्दर्भमा धामलाई आर्थिक र अन्य सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मानपत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको भन्दै उहाँले सहभागिताका लागि सबैमा अनुरोध गर्नुभयो ।

विज्ञापन ३

माडी-४ खैरहनीस्थित हरिहर मन्दिर क्षेत्रमा निर्माण भएको र विश्वकै अग्लो करीब १२ फिट उचाईको शालिग्राम शीला स्थापना भएको सो धाम माडीको नयाँ धार्मिक पर्यटनस्थलका रुपमा विकास भइरहेको छ । धाममा दैनिक सयाैं भक्तजन र पर्यटकहरू पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया