चितवन । युवा गैरसरकारी संस्था महासंघ नेपालको चितवन जिल्ला संयोजकमा माडीका युवा गैरसरकारी संस्थाकर्मी मोहन पोख्रेल नियुक्त हुनुभएको छ ।
विज्ञापन १
माडी-५, नयाँपिपरियामा कार्यालय रहेको उज्यालो जीवन नेपाल संस्थामार्फत मनोसामाजिक परामर्श र अन्य सामाजिक सेवाको कार्य सञ्चालन गरिआउनुभएका गैरसरकारी संस्थाकर्मी पोख्रेललाई महासंघको केन्द्रीय कार्यालयले सो जिम्मेवारी दिएको हो ।
विज्ञापन २
युवाहरुले नेतृत्व गरेका युवामुखी गैरसरकारी संघ संस्थाहरुको छाता संस्थाकोरुपमा पैरवीको काम गरिआएको महासंघको जिल्ला समिति पुनर्गठन एवं युवाको एजेण्डालाई थप सशक्तिकरण गर्ने जिम्मेवारीका साथ पोख्रेललाई जिल्ला संयोजकमा नियुक्त गरिएको महासंघले जनाएको छ ।
विज्ञापन ३