चितवन । माडीको बरुवामा आयोजित २९औं स्टार कप फुटबल प्रतियोगितालाई गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लि.ले मुख्य सौजन्य गरेको छ ।
कृष्ण जन्माष्टमी पर्वको दिन (भदाै १० गते) सुरु भई तीज पर्वको दिन (भदाै २१ गते) फाइनल स्पर्धा हुनेगरी स्टार स्पोर्टस् क्लबले आयोजना गरेको सो खेल प्रतियोगितालाई भरतपुरस्थित गोल्डेन इमिनेन्ट इन्टरनेशनल (कोरियामा अध्ययन र रोजगारीका लागि परामर्श दिने कम्पनी) लि.ले टाइटल स्पोन्सर गरेको हो ।
त्यसैगरी प्रतियोगितालाई माडी-१ वडा कार्यालयले मुख्य प्रवर्द्धन गरेको छ भने मिडिया पार्टनर स्वदेश एफ.एम. र स्वदेशपोष्ट अनलाइन रहेको छ । त्यस्तै, अर्जुन मोबाइल हाउस बरुवाले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक/एक थान हातेघडी सौजन्य गर्ने भएको छ भने नारायणी सामुदायिक अस्पतालले समेत आर्थिक सहयोग गरेको छ ।
प्रतियोगिता सञ्चालनका लागि बरुवा बजार निवासी सन्दीप कुमार श्रेष्ठ (रु. ५,५५६), विवेक पौडेल (रु.५,५५५), सौगात भण्डारी (रु.५,०००), अनुप सुयाल (रु.८,०००), सागर क्षेत्री (रु.७,७७७), सुदिप पंगेनी (रु.५,०००), अर्बिन पौडेल (रु.११,१११), सुजनसिंह ठकुरी (रु.४,४४४), किरण श्रेष्ठ (रु.५,०००), किरण सापकोटा (रु.५,५५५), गणेश सापकोटा (रु.११,१११), विश्लेष पराजुली (रु.५,५५५) र सुशान्त पाण्डे (रु.५,५५५)ले आर्थिक सहयोग गर्नुभएको छ ।
त्यस्तै, सिधुवा निवासी रोहित महतोले रु १० हजार, कावासोती निवासी उत्तम मल्ल ठकुरीले ७ हजार र जगतपुर निवासी तिलक घतानेले रु.५ हजार सहयोग गर्नुभएको आयोजक स्टार स्पोर्ट क्लबले जनाएको छ ।