मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो र सानोको विभेद कायमै’ : महासचिव आहुति (भिडियो सहित)

  • A
  • A+
  • A++

चितवन । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ’आहुति’ले नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो र सानोको विभेद कायमै रहेको बताउनुभएको छ ।

विज्ञापन १

माडीको बसन्तपुरमा सम्पन्न पार्टीको चितवन जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रशिक्षण सम्बोधन गर्नुहुँदै महासचिव आहुतिले चालिसाैं बर्ष बितिसक्दा पनि ‘कम्युनिष्ट पार्टीमा जातीय व्यवस्था जस्तै उँचनिँचको विभेदको अवस्था कायमै रहेको’ औंल्याउनुभएको हो ।

विज्ञापन २

एउटै स्टेजमा प्रमुख अतिथि, अन्य अतिथि र सहभागीहरुबिच ठूलो विभेद देखिने अवस्था अझै रहेको भन्दै उहाँले मञ्च रङ्गशालाजस्तो हुनुपर्ने बताउनुभयो । देशैभर उत्पादनका ईकाईहरु सञ्चालन गरी आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ता उत्पादन गरेर मात्रै पार्टी र आन्दोलन जोगाउन सकिने भन्दै त्यसतर्फ लाग्न उहाँले सबै कार्यकर्ताहरुमा आह्वान समेत गर्नुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया