चितवन । माडी-१, बरुवानिवासी घले परिवारले सोमेश्वर माध्यमिक विद्यालयमा तीन लाख रुपैंया राशीको शैक्षिक अक्षयकोष स्थापना गरेको छ ।
विद्यालयको सल्लाहकार समिति सदस्य समेत रहनुभएकमा दल बहादुर घलेका आमा धनसुवा घलेले आफ्ना दिवंगत श्रमान सुवेदार चन्द्रसिंह घले तथा उहाँका जेठी श्रीमती दिवंगत शिरकुमारी घलेको स्मृतिमा ३ लाख रुपैंया राशीको अक्षयकोष स्थापना गर्नुभएको हो ।
अक्षयकोषको संरक्षकमा नाती विश्व अवतार घले रहनुभएको छ । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट विद्यालयमा अध्ययनरत बिपन्न तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने विद्यालयका प्रधानाध्यापक ईन्दिरा तिवारीले जानकारी दिनुभयो ।