चितवन । रक्तदान कार्यक्रमको निरन्तरता र रगतको संकलनमा माडीको रेडक्रस बघौंडा उपशाखा चितवन जिल्लामै पहिलो (उत्कृष्ट) हुन सफल भएको छ ।
नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा अन्तरगत रहेका ४२ वटा उपशाखाहरुमध्ये माडीको ने.रे.सो. बघौंडा उपशाखा रक्तदानको फाँटमा उत्कृष्ट (पहिलो) स्थानमा पर्न सफल भएको हो ।
संस्थागत रुपमा चितवन जिल्लाभरमा हुने रगत संकलनमा बघौंडा उपशाखा तेश्रो स्थानमा रहेको साथै महिला रक्तदातामा सो उपशाखा जिल्लाकै पहिलो हुन सफल भएको रेडक्रस बघौंडाका सभापति रामबन्धु पोखरेलले बताउनुभयो ।
चितवन जिल्लामा माडी नगर रगतको भण्डारका रुपमा परिचित रहेको बताउँदै उपशाखा सभापति पोखरेलले उपशाखाबाट विभिन्न खालका सचेतनामूलक कार्यक्रम, लागुऔषध दुर्व्यसनी रोकथाम, रक्तदान सचेतना आदि कार्यक्रमहरु सञ्चालनमा रहेको पनि जानकारी दिनुभयो ।