चितवन । माडीका नवोदित लोकदोहोरी गायक र कलाकारहरुले दशैं पर्वलाई लक्षित गरी दशैं तिहार मान्न थाले गाउँले बोलको प्रत्यक्ष (लाइभ) दोहोरी गाएका छन् ।
बुधबार स्वदेश एफ.एम.को नवनिर्मित कार्यालय भवन परिसरमा सो लाइभ दोहोरीको छायाँकन भएको हो । त्यस्तै दशैं विशेष अर्को एक लाइभ दोहोरी र दशैंलाई नै लक्षित गरी एकवटा लाइभ भजन समेत छायाँकन भएको छ ।
माडी कला, साहित्य एवं साँस्कृतिक मञ्च र स्वदेश एफ.एम.को संयुक्त प्रस्तुति स्वरुप छायाँकन भएको सो लाइभ दोहोरी र भजनमा कलाकार प्रदीप सापकोटाको निर्देशन रहेको छ ।
त्यस्तै कृष्ण ढुङ्गाना, सुलभ बन्धु पोख्रेल, चुडामणि पाण्डे, मुना बराल, बिष्णु भुर्तेल, रबिना महतो, लक्ष्मी पौडेल, अम्बिका ढकाल आचार्य लगायतको स्वर र पदम (संगम) पौडेल, होमबहादुर गन्धर्व, प्रेम बिष्ट, सुर्यनाथ अधिकारी लगायतको वाद्यवादन एवं सुर्यमान शाह र धिरज रामदामको छायाँकन (क्यामेरा सञ्चालन) रहेको छ ।