आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

‘मौसम राम्ररी खुलिनसकेको’ भन्दै माडी नगरपालिकाले आइतबार एक दिनको लागि विद्यालय बन्द गर्ने

  • A
  • A+
  • A++

माडी, चितवन । नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णयलाई पुनर्विचार गर्दै माडी नगरपालिकाले आइतबार (आज) एक दिनको लागि विद्यालय बन्द गर्ने भएको छ ।

विज्ञापन १

‘मौसम राम्ररी खुलिनसकेको’ र ‘मुख्यतः पूर्वी माडीका विभिन्न स्थानबाट विद्यालय आउनजान अझै असहज अवस्था रहेको’ भन्दै नगरपालिकाले ‘आज एक दिनका लागि स्थानीय बिदा हुनेगरी विद्यालय बन्द गर्नेगरी पुनर्विचार गरिएको’ माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

विज्ञापन २

सरकारले ३ दिनसम्म विद्यालयहरुमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको अवस्थामा ‘एक दिन पनि बिदा नदिनु मनासिव नहुने’ माडीका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । भरतपुर महानगरले समेत आइतबार एकदिनका लागि बिदा दिएको छ ।

विज्ञापन ३

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया