चितवन । माडीका पुराना लोकगायक राजु सेञ्चुरी ‘माडी लोकगायन सम्मान-२०८१’ बाट सम्मानित हुनुभएको छ ।
माडी-२, सितलपुर निवासी (हाल बसन्तपुर बजारमा बस्नुहुने) सेञ्चुरीलाई स्वदेश एफ.एम. र माडी कला, साहित्य एवं साँस्कृतिक मञ्चद्वारा आयोजित दशैं विशेष कार्यक्रम एवं खुला नृत्य प्रतियोगिता २०८१ को उद्घाटन समारोहका अवसरमा सो सम्मान अर्पण गरिएको हो ।
बि.सं. २०५९ सालबाट लोकदोहोरी गीत गाउन सुरु गर्नुभएका गायक सेञ्चुरीले २०६२ सालमा ‘माया कति छ’ र त्यसपछिको बर्ष ‘कसलाई दिनु दोष’ बोलको दुईवटा लोकदोहोरी गीति एल्बम निकाल्नुभएको छ ।