आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

चितवन खबर पोष्ट

भरतपुर सत्रकिलोमा बस र इलेक्ट्रिक हायस दुर्घटना, पाँचजनाको मृत्यु, तीन घाइते (अपडेट)

  • A
  • A+
  • A++

चितवन । नारायणगढ – मुग्लिङ्ग सडक अन्तर्गत भरतपुर महनगरपालिका-२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

विज्ञापन १

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २८१२ नम्बरको बस शुक्रबार बिहान ३ बजेको समयमा आपसमा ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको हो ।

विज्ञापन २

हायसमा सवार गोर्खा आरुघाट–१ मान्बु बस्ने वर्ष ४० का राजबहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला र अन्दाजी ३०–३५ वर्षका तीन को मृत्यु भएको हो । सो दुर्घटनामा अन्य तीन जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

विज्ञापन ३

बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-९ बस्ने बर्ष ४४ को सुर्य बिक्रम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया