आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकाले ‘कुनै पनि बहानामा विद्यार्थी वा अभिभावकबाट शुल्क नउठाउन’ निर्देशन

  • A
  • A+
  • A++

माडी, चितवन । माडी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा ‘कुनै पनि बहानामा विद्यार्थी वा अभिभावकबाट शुल्क नउठाउन’ निर्देशन जारी गरेको छ ।

विज्ञापन १

नगरपालिकाले माडी नगर क्षेत्रका सबै सामुदायिक विद्यालयहरुलाई सोमबार पत्राचार गर्दै ‘कानुन बिपरित कुनै पनि बहानामा विद्यार्थी वा अभिभावकबाट शुल्क नउठाउन निर्देशन गर्दै अन्यथा भए गरिए कानून बमोजिम कारबाही हुने’ व्यहोरा जनाएको हो ।

विज्ञापन २

माडी नगरपालिकामा सवैधानिक प्रावधान बिपरित तथा बागमती प्रदेशबाट अनिवार्य तथा निःशुल्क शिक्षा लागु रहेपनि विद्यालयहरुले चर्को शुल्क लागु गरेको, विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेर अनिवार्य शुल्क लागु गरेको र यसबाट संविधान एवं प्रदेशबाट लागु अनिवार्य तथा निःशुल्क शिक्षाको गम्भीर उल्लघन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको देखिन्छ ।

विज्ञापन ३

सो उजुरीमाथि कारवाही गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाई चितवनलाई प्रश्न (पत्राचार) गरेकोमा चितवन इकाईले माडी नगरपालिकालाई यसबारे पत्राचार गरेको नगरपालिकोको परिपत्रबाट बुझ्न सकिन्छ ।

यसअघि, गत जेष्ठ २५ गते विद्यालयस्तरमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था सहित माडी नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगर घोषणा गरिएको थियो । तर, सो घोषणा बिपरित प्रायः सामुदायिक विद्यालयहरुले अभिभावकबाट अनुदान (प्यारेन्ट्स डोनेशन) र अन्य शीर्षकहरुमा शुल्क लिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया