आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

माडी (स्थानीय) खबर पोष्ट

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडी नगर अध्यक्षमा देब (गुमान) दराई पुनर्चयन

  • A
  • A+
  • A++

माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडी नगरको अध्यक्षमा देब बहादुर (गुमान) दराई पुनर्चयन हुनुभएको छ । बिहीबार माडी भिलेज रिसोर्टमा सम्पन्न नगर अधिवेशनबाट दराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

विज्ञापन १

समितिको सचिवमा विपिन आचार्य तथा सदस्यहरुमा संजिता लामिछाने, गणेश मल्ल, दिलिप महतो, रुवेल महतो, शुष्मा काजी महतो, लक्ष्मी गुरुङ, रिषी दराई, हेमन्त दराई, उज्जवल भण्डारी, मलिना नेपाली, प्रकाश गुरुङ, दिपेश गुरुङ, अमृत दुरा, करण सहनी, बबिता अधिकारी, होम बहादुर बोट लगायत चयन हुनुभएको छ ।

विज्ञापन २

नगर अधिवेशनमा राप्रपाका उपाध्यक्ष, पूर्वमन्त्री तथा चितवन क्षेत्र नम्वर ३ का साँसद बिक्रम पाण्डेको प्रमुख आतिथ्य तथा बागमती प्रदेशसभा सदस्य ज्ञानजंग लामा, राप्रपा नेतृ एवं पूर्व प्रदेशसभा सदस्य रीना गुरुङ तथा राप्रपाका जिल्लास्तरीय नेताहरुको आतिथ्य रहेको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया