आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

चितवन खबर पोष्ट

माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा स्थापित हाइटेक खानेपानी परियोजनाले पानी वितरण सुरु

  • A
  • A+
  • A++

माडी, चितवन । डेनिस सहयोगमा माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा स्थापित नेपालकै पहिलो हाइटेक खानेपानी परियोजनाले ओभरहेड ट्यांकीबाट पानी वितरण सुरु गरेको छ ।

विज्ञापन १

डेनमार्कस्थित भिलेज डेभलपमेन्ट इन नेपाल नामको संस्थाले स्थापना गरेको सो खानेपानी परियोजनाको २ लाख ८० हजार लिटर क्षमताको ओभरहेड ट्यांकलाई पाइपलाइनसंग जडान गरिएसंगै आइतबारबाट सेवा क्षेत्रका सबै धाराहरुमा चौबिसै घण्टा शुद्ध पिउने पानीको वितरण सुरु भएको हो ।

विज्ञापन २

यसअघि सिधै भूमिगत पम्पबाट दिनभर १२ घण्टा पानी वितरण भइआएकोमा आइतबारबाट पूणर् क्षमतामा सेवा थालिएको सो खानेपानी परियोजनाका सचिव गोबिन्द पन्तले जानकारी दिनुभयो । खानेपानीको मिटर रिडिङ गर्न घरघर पुग्नु नपर्ने (स्वचालित कम्प्युटर नेटवर्क सिस्टमबाटै रिडिङ हुने सो हाइटेक परियोजनाको बिल भुक्तानी पनि मोबाइल वालेटबाटै हुने व्यवस्था गरिएको सचिव पन्तले बताउनुभयो ।

विज्ञापन ३

इलेक्ट्रोफ्युजन प्रविधिबाट पाइप जडान, डिजिटल मिटर र उच्च गुणस्तरको डेनिस भल्भ प्रयोग भई निर्माण सुरु भएको सो खानेपानी परियोजनाले माडी-८ का ईन्द्रबस्ती, दक्षिण अयोध्यापुरी, चौकीडाँडा र कान्तिपुर क्षेत्रका ४०० घरधुरीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने डेनिस (दातृ) संस्थाकी प्रमुख लोने पिटर्सनले जनाउनुभयो ।

परियोजना अन्तरगत पाइप खरिदका लागि माडी नगरपालिकाले रु. ३० लाख र स्थानीय उपभोक्ताहरुले सदस्यता शुल्क स्वरुप रु. २० लाख जुटाएका थिए भने डेनिस संस्थाले करीब ७ करोड लागत व्यहोरेको हो । त्यस्तै, परियोजनाको कार्यालय स्थापनाका लागि माडी नगरपालिकाले तात्कालीन ईन्द्रबस्ती आधारभूत विद्यालयको समायोजनपछि खाली रहेको भवन उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया