आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीका खानेपानी आयोजनाको गुणस्तर सुधार्न प्रादेशिक खानेपानी मन्त्रालयबाट बजेट व्यवस्था

  • A
  • A+
  • A++

चितवन । माडीका कतिपय खानेपानी आयोजनाबाट वितरित खानेपानी शुद्ध सफा नरहेको गुनासोबिच बागमती प्रदेशको खानेपानी मन्त्रालयले गुणस्तर सुधारका निम्ति बजेट व्यवस्थापन गरेको छ ।

विज्ञापन १

प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयले चालू आर्थिक बर्ष २०८१/८२ मै सञ्चालन सुरु हुनेगरी कल्याणपुर, बसन्तपुर र खरकट्टास्थित खानेपानी आयोजनाको गुणस्तर सुधारका लागि बजेट व्यवस्थापन गरेको हो ।

विज्ञापन २

कल्याणपुर र खरकट्टा खानेपानी आयोजनाको गुणस्तर सुधारका लागि १०/१० लाख तथा बसन्तपुर खानेपानी आयोजनाका लागि ३६ लाख रुपैंया विनियोजना रहेको छ । यसबाहेक गर्दी खानेपानी तथा सरसफाई संस्थाको सितलपुर ओभरहेड ट्यांकी निर्माणका लागि क्रमागत शीर्षकमा १० लाख रुपैंया बजेट राखिएको देखिन्छ ।

विज्ञापन ३

प्रदेशले माडीका अन्य खानेपानी आयोजनालाई बार्षिक रुपमा दिने क्रमागत बजेट अन्तरगत खरकट्टा शिवद्वार खानेपानी आयोजनालाई ३३ लाख, राईडाँडा खा.पा. आयोजनालाई ४३ लाख, छरछरेलाई १६ लाख, परशुराम कुण्डलाई ३९ लाख र बाँदरझुला खानेपानी आयोजनालाई ५ लाख रुपैंया विनियोजन गरेको छ ।

यसैगरी क्रमागत शीर्षकमै, बघौंडा खानेपानी आयोजनालाई १० लाख, कल्याणपुरलाई १० लाख, गर्दीलाई ५ लाख र कुसुमेखोला खानेपानी आयोजनालाई ८ लाख रुपैंया (नियमित बार्षिक) बजेट व्यवस्थापन गरेको छ । माडी नगरपालिकाले सम्बन्धित वडा कार्यालयहरुलाई पत्राचार गरी सो योजना कार्यान्वयनमा समन्वय र सहजिकरणका लागि अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया