आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

प्रवास खबर पोष्ट

फ्रान्सेली नागरिकको सहयोगमा माडीको आधारभूत विद्यालय रतनी धोबाहामा तेश्रो भवन निर्माण

  • A
  • A+
  • A++

माडी, चितवन । एक फ्रान्सेली नागरिकको सहयोग र शेर्पालय ट्रष्ट काठमाडौंको समन्वयमा माडीको राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहामा तेश्रो भवन निर्माण भएको छ ।

विज्ञापन १

यसअघि २ करोड ४२ लाख रुपैंयाको लागतमा दुईवटा ठूला भवन निर्माणको सहयोग गर्नुभएका मोन्टागन एट पार्टेज फ्रान्सका अध्यक्ष मिस्टर जियार्ड क्ल्यामार्डीकै सहयोग र शेर्पालय ट्रष्टकै समन्वयमा सो विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि हल कोठा तयार भएको हो ।

विज्ञापन २

करीब १ कठ्ठा क्षेत्रफलमा फैलिएको नवनिर्मित एकतले ढलान घर निर्माणका लागि ५१ लाख रुपैंया लागत परेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र महतोले बताउनुभयो । मंगलबार एक औपचरिक कार्यक्रमबिच नवनिर्मित भवनको समुद्घाटन गरिएको छ ।

विज्ञापन ३

बागमती प्रदेश सभाको शिक्षा, कृषि र स्वास्थ्य समितिका सभापति समेत रहनुभएका प्रदेश साँसद ठाकुर प्रसाद ढकालको प्रमुख आथित्यमा सम्पन्न भवन उद्घाटन कार्यक्रममा निर्माण पक्षले साँसद ढकालमार्फत विद्यालयलाई भवनको चाबी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति देखाएका थिए भने सहयोगदाताहरुलाई विद्यालय र अभिभावकहरुले भव्य स्वागत गरेका थिए । विगतमा रीउ नदीको बाढीले बिस्थापित भई नयाँ स्थानमा उत्कृष्ट पुनरागमन गरेको सो विद्यालयलाई माडी नगरपालिकाले नमुना आधारभूत विद्यालय घोषित गरेको छ ।

तपाईको प्रतिक्रिया