माडी, चितवन । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा माडीको बरुवामा सम्पन्न त्रिकोणीय सिरिजको उपाधी नवलपरासी जिल्लाले उचालेको छ । मैयादेवी ट्रष्टको सहयोगमा सञ्चालित सो त्रिकोणीय टि-२० क्रिकेट सिरिजको फाइनलमा ५७ रनले नवलपुरलाई पाखा लगाउँदै नवलपरासीले बाजी मारेको हो ।
विज्ञापन १
टस हारेर व्याटिङमा उत्रिएको नवलपरासीले निर्धारित १५ ओभर खेल्दै ३ विकेटको क्षतीमा ९९ रनको योगफल तयार गरेको थियो । १०० रनको लक्ष्य पछ्याएको नवलपुरले ११.४ ओभरमै सबै विकेट गुमाउँदै ४२ रन मात्रै जोड्न सक्यो । सिरिजमा चितवन, नवलपुर र नवलपरासी गरी तीनवटा जिल्ला सहभागी रहेका थिए ।
विज्ञापन २
विज्ञापन ३