चितवन । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ माडी नगर क्षेत्रमा ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू भएको छ ।
विज्ञापन १
सोमबारदेखि सुरु भएको अभियान अन्तरगत माडी नगरपालिकाको आयोजना तथा आफन्त नेपाल, महिला अधिकारको लागि राष्ट्रिय अभियान, चितवन सक्रिय महिला प्रतिष्ठान र ईलाका प्रहरी कार्यालय माडीको समुदाय प्रहरी साझेदारी कार्यक्रमको सहकार्यमा माडीकाे बसन्तपुर बजारमा दीप प्रज्वलन भएको हो ।
विज्ञापन २
१६ दिने अभियानका क्रममा हिंसा पीडित महिलाहरुको हक अधिकारका निम्ति विभिन्न कार्यक्रम गरिने आयोजक संस्थाले जनाएको छ । लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।
विज्ञापन ३