आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

धर्म-संस्कृति पोष्ट

माडीमा परशुराम धाम निर्माणका लागि रूचल परिवारले १ बिगाहा बढी जग्गा दान (भिडियो सहित)

  • A
  • A+
  • A++

चितवन । माडी-१, पाण्डवनगरमा परशु (बञ्चरो)को प्रतिमुर्ती सहितको परशुराम धाम निर्माणका लागि एक धर्मानुरागी परिवारले १ बिगाहा बढी जग्गा दान गरेको छ ।

विज्ञापन १

परशुराम पार्क स्थापना गरी सो स्थानमा एसिया महादेशकै ठूलो परशु (बञ्चरो) सहितको स्तम्भ खडा गर्नका लागि हाल नारायणगढ र ठोरीमा बस्ने रुचाल परिवारले पाँचपाण्डव गाउँस्थित ठूलो फलफूल बगैंचा रहेको करीब अढाई बिगाहा मध्ये १ बिगाहाज जमीन दान सहयोग गरेको हो ।

विज्ञापन २

धार्मिक तथा सामाजिक सेवाको कार्यमा क्रियाशील नारायणगढ र ठोरी निवासी सारदा सरस्वती महेश्वरी रुचाल, चक्रबहादुर रुचल, मनमाया रुचल, सीता रुचल, गीता कुमारी रुचल, हरिमाया रुचल र मनमाया रुचलले मंगलबार संयुक्त रुपमा सो जमीन परशुराम धाम धार्मिक पर्यटन समितिलाई हस्तान्तरण गर्दै परशु (बञ्चरो) राखिने स्तम्भको शिलान्यास समेत गर्नुभयो ।

विज्ञापन ३

त्यस क्रममा जग्गदाता परिवारको तर्फबाट बोल्दै सीता रुचालले आफूहरुले बर्षौैंसम्म उपभोग र संरक्षण गरेको सो जग्गा दानपश्चात समुदायले राम्रो सदुपयोग गरेको होस् र धाममा बली (हिंसा) र छुवाछुतको विभेद नहोस् भन्ने कामना गर्नुभयो ।त्यस्तै, जग्गादाता परिवारकै एक सदस्य चक्र रुचालले दान गरिएको जमीनमा यसअघि होटल र रिसोर्ट चलाउन करोडौं रुपैंयाको अफर आएपनि आफूहरुले अस्वीकार गरेको जानकारी दिँदै अन्य सहयोगका लागि पनि आफूहरु तयार रहेको बताउनुभएको थियो ।

यसैबिच, जग्गा प्रदान गरेको धर्मानुरागी रुचल परिवारलाई सम्मान गरिएको छ । एसियाकै ठूलो परशुको मुर्तीसहित पार्क निमाणका लागि जग्गा दान सहयोग गर्नुभएका लाई सम्मानपत्र एवं दोसल्ला ओढाई सम्मान गरिएको समितिका कोषाध्यक्ष पण्डित रामजी सापकोटाले बताउनुभयो ।

समितिका उपाध्यक्ष सीता तिमिल्सिनाको अध्यक्षता र माडी नगर उपप्रमुख खेमप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न सो भूमिदाता सम्मान एवं शिलान्यास कार्यक्रममा वडाध्यक्ष अमित लामा, मध्यवर्ती क्षेत्र पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु) र जग्गादाताहरु विशिष्ट अतिथिका रुपमा सहभागी रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया